लिखुपिके गाउँपालिका को संक्षिप्त्त परिचय

नेपालको १ नम्बर प्रदेश अन्तर्गत पर्ने सोलुखुम्बु जिल्लाको दक्षिण-पश्चिम दिशामा अबस्थित लिखुपिके गाउँपालिका नेपालको एक हिमालि गाउँपालिका हो ।  नेपालको  सम्बिंधान २०७२ ले अङ्गिकृत गरेको तीन तहको राज्य संरचना बमोजिम स्थानिय तह बर्गिकृत हुँदा सोलुखुम्बु जिल्लाका साबिक गाउँ बिकास समितिहरु  गोलि, चौंलाखर्क र भकान्जेलाई समेटेर वि. सं. २०७३ फाल्गुण २७  गते लिखुपिके गाउँपालिका स्थापना गरिएको हो । विश्वसंम्पदा सुचिमा सुचिकृत नेपालको पहिचान सर्बोच्च शिखर सगरमाथा यसै जिल्लामा पर्ने हुँदा यस गाउँपालिकाको समेत बिशेष एतिहासिक महत्व रहेको छ ।

 

लिखुपिके गाउँपालिकाको भौगोलिक अवस्था :-    

क्षेत्रफल:- १२४ .३८ वर्ग किलोमिटर 

सिमाना :- 

यस लिखुपिके गाउँपालिकाको पुर्वी सिमानामा सोलुखुम्बु जिल्लाकै सोलुदुधकुन्ड नगरपालिका पश्चिमी सिमानामा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका,उत्तरी सिमानामा सोलुदुधकुण्ड नगरपालिका र उमाकुण्ड गाउँपालिका रहेका छन भने दक्षिणी  सिमानामा ओखलढुङ्गा जिल्लाको खिजीदेम्ब  गाउँपालिका रहेको छ । यो गाउँपालिका प्रदेश नं । ३ सँग सिमाना जोडिएका स्था निय तहहरु मध्यको एक हो । 

 

प्रमुख नदिनाला धार्मिक दर्शनिय स्थल:- यस गाउँपालिकामा सप्तकोशी नदिको एक सहाएक लिखु नदि, किन्जा खोल, घट्टे खोला, खिम्जा खोला  पिके क्षेत्र एस गाउँपलिकको मुख्य पर्यटकिय क्षेत्रको रुपमा चिनिन्छ । यहाँबाट विश्वको अग्लो शिखर सगरमाथा लगएताका हिमालहरुको अवलोकन गर्न सकिन्छ । यस गाउँपालिका भित्र आफ्नै मौलिक विशेषता र महत्व रहेका विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको पनि छन । देबी थान,बौद्ध,खवतरी कुल मन्दिर,गुरु रिम्पोक्षे गोम्पा,ओर्गेन साङ होलिङ गोम्पा,चण्डी स्थान , सेती भुमे मन्दिर,सेती भुमे मन्दिर लगाएत अरु धेरै धार्मिक स्थल हरु रहेका छन ।