लिखु पिके गाउँपालिकाको संक्षिप्त्त परिचय

नेपालको काेशी प्रदेश अन्तर्गत पर्ने सोलुखुम्बु जिल्लाको दक्षिण-पश्चिम दिशामा अवस्थित लिखु पिके गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो ।  नेपालको  संविधान २०७२ ले अङ्गिकृत गरेको तीन तहको राज्य संरचना बमोजिम स्थानिय तह बर्गिकृत हुँदा सोलुखुम्बु जिल्लाका साविक गाउँ विकास समितिहरु  गोलि, चौंलाखर्क र भकान्जेलाई समेटेर वि. सं. २०७३ फाल्गुण २७  गते लिखु पिके गाउँपालिका स्थापना गरिएको हो । विश्वसंम्पदा सुचिमा सुचिकृत नेपालको पहिचान सर्वोच्च शिखर सगरमाथा यसै जिल्लामा पर्ने हुँदा यस गाउँपालिकाको समेत बिशेष ऐतिहासिक महत्व रहेको छ ।

 

लिखु पिके गाउँपालिकाको भौगोलिक अवस्था :-    

क्षेत्रफल:- १२४ .३८ वर्ग किलोमिटर 

सिमाना :- 

यस लिखु पिके गाउँपालिकाको पुर्वी सिमानामा सोलुखुम्बु जिल्लाकै सोलुदुधकुण्ड नगरपालिका पश्चिमी सिमानामा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका,उत्तरी सिमानामा सोलुदुधकुण्ड नगरपालिका र उमाकुण्ड गाउँपालिका रहेका छन भने दक्षिणी  सिमानामा ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा  गाउँपालिका रहेको छ । यो गाउँपालिका प्रदेश नं. ३ सँग सिमाना जोडिएका स्थानिय तहहरु मध्यको एक हो । 

 

प्रमुख नदिनाला धार्मिक दर्शनिय स्थल:- यस गाउँपालिकामा सप्तकोशी नदिको एक सहायक लिखु नदि, किन्जा खोला, घट्टे खोला, खिम्जा खोला  पिके क्षेत्र यस गाउँपलिकाको मुख्य पर्यटकिय क्षेत्रको रुपमा चिनिन्छ । यहाँबाट विश्वको अग्लो शिखर सगरमाथा लगएताका हिमालहरुको अवलोकन गर्न सकिन्छ । यस गाउँपालिका भित्र आफ्नै मौलिक विशेषता र महत्व रहेका विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको पनि छन । देबी थान,बौद्ध,खवतरी कुल मन्दिर,गुरु रिम्पोक्षे गुम्बा,ओर्गेन साङ छोलिङ गुम्बा,चण्डी स्थान , सेती भुमे मन्दिर, लगाएत अरु धेरै धार्मिक स्थल हरु रहेका छन ।